एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।