०७ पौष २०८१, आइतबार
wait Please...

अनवर अलि

मंगलबार, मंसिर २६, २०८०

काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । नेपालले माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

यस्तै, १० गते पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ । दक्षिण अफ्रिकामा हुने आईसीसीको युथ प्रतियोगितामा विश्वभरका १६ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् ।

हरेक समूहबाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्ने राष्ट्रलाई दुई समूहमा बाँडिनेछ । दुई समूहबाट शीर्ष दुई टिमले अन्तिम चारमा स्थान पक्का गर्नेछन् । र फाइनलको यात्रामा अघि बढ्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]