२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर २७, २०८०

सप्तरी – पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाँडो खोलामा बुधबार बस दुर्घटना भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ८ ख ७३६१ नम्बरको परेली बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा चितवन भरतपुरका बालकृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठको सप्तरी करडबोना स्थित रेखा मेडिकलमा उपचार भइ घरफर्किएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
बुधबार विहान एक्कासि बस अनियन्त्रित भइ खाडो पुलमा ठोकिँंएको प्रहरीले जनाएको छ । बस खोलामा नझरी पुलमै अड्किएकाले ठुलो मानवीय क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी सहायक निरीक्षक रमन सिँहले जानकारी दिए ।
पोखराबाट काँकडभिट्टा जाँदै गरेको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]