रुपनी गाउँपालिका स्थित काठ तस्करी गरिरहदा २ काठ तस्करहरु पक्राउ परेका छन।
विभिन्न बहानामा पल्केकाहरु भन्ने अझ काठ तस्करी गर्न रोकेका छैनन् । बिगत दिन देखिनै यस गाउँपालिका मा तस्करहरु सल्बलाई रहेको प्रस्ट छ । तर यता भन्ने यो कोरोन महामारी को बेला समेत बन अतिक्रमण गर्न रुकेका छैनन् । विभिन्न सेटिंग मार्फत काठ तस्करी अझ रोकिएको छैनन् ।
हिजो मध्ये रात मा काठ तस्करी गरि रहेको बेला बन डिभिजन कार्यालय रुपनी शम्भुनाथ को घुम्ती टोलि ले दुई जना लाई पक्राउ गरेका छन् भन्ने एक जना फुत्किन सफल भएका छन् । तीन जना मध्ये दुई जना बन कार्यालय को हिरासत मा रहेको बन कार्यालयका अधिकृत राम आशिष यादव ले जानकारी गराउनु भयो ।
मध्ये रात को समयमा तस्करी भई रहेको थाहा पाउनु साथ् हाम्रो टोलि उक्त ठाउँमा पुग्दा एकजना भाग्न सफल भए भन्ने दुई जना लाई हिरासतमा लिन सफल भएको जानकारी दिए । ७/५ को ३ थान काठ (लकरि) तस्कर को साथ बाट बरामद गरेको समेत जानकारी गराउनु भयो ।