०६ पौष २०८१, शनिबार
wait Please...

अनवर अलि

सोमबार, पौष ०२, २०८०

राजबिराज सप्तरी – एनआईसी एसिया बैंकको राजविराज शाखाबाट पौने ३ करोड रुपैयाँ ठगी गरिएको प्रकरणमा तीन जनालाई थुनामा पठाइएको छ ।

उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना सोमबार पुर्पक्षका लागि थुनामा गएका हुन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलाशले राजविराज नगरपालिका–७ का यादव तथा राजविराज नगरपालिका–९ का मो. सदाम, सप्तरी रुपनी गाउँपालिका–५ का दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

सरकारी लिखत किर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रबन्धक यदव गत १० मंसिरमा अदालतमा उपस्थित भएका थिए ।

यादवसहितको मिलेमतोमा गत माघ २२ मा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई दुई करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरिएको थियो । जसमध्ये दुई करोड ३० लाख रुपैयाँ ‘स्क्याम’ भएको थियो ।

 

प्रबन्धक यादवसहित बैंक कर्मचारी, जग्गा व्यवसायी, लेखापढी व्यवसायी र मालपोत कार्यालय राजविराजका कर्मचारीको मिलेमतोमा राजविराज–८ का रवीन्द्रकुमार यादवको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा राजविराज–९ की बसिरन खातुनको नाममा नक्कली धनी पूर्जा बनाइएको खुलासा भएको छ ।
एनआईसी एसिया बैंकले सोही धनी पूर्जाका नाममा ऋण स्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]