२१ आश्विन २०८१, सोमबार
wait Please...

अनवर अलि

बिहिबार, पौष ०५, २०८०

कल्याणपुर सप्तरी -खडक नगरपालिका वडा नम्बर ३ लाई आज एक समारोहका विच बालविवाह मुक्त वडा घोषणा गरीएको छ।
वडा नं ३ का वडा अध्यक्ष देवनांरायण चौधरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख रिता चौधरी रहेका थिए भने अन्य अतिथिमा नपाका प्रशासन प्रमुख रामाकान्त चौधरी, सेभ द चिल्ड्रेन का दिपक बुढाथोकी, सवल नेपालका परमेश्वर झा, वडा सदस्य, विभिन्न विद्दालयका प्रअ, शिक्षक तथा विद्यार्थीहरु, राजनैतिककर्मी, सबल नेपालका कर्मचारीहरु, स्थानीय संघसंस्था, वालक्लवका पदाधिकारीहरु, स्वयंसेविका लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।
सो समारोहमा वडा अध्यक्षले वडामा रहेको कुल ५ सय ७४ घरधुरी रहेको उक्त वडामा गत वर्ष ३९ वटा बिवाह भएको थियो जसमा ६ जनाको १८ वर्ष पुरा गरेर एवं बॉकिको २० वर्ष पूरा गरेर विवाह गरेको प्रतिवेदन पेस गरेको थियो भने आगामी दिनमा वालविवाह भएको समातिएमा कानुन बमोजिम कारवाही गरीने र यस अभियानलाई सफ़ल वनाउन विभिन्न चरणमा विविध क्रियाकलापहरु सवल नेपाल संग मिलेर संचालन गरेको एवं वडावासीले वाल विबाह नगर्ने प्रतिवद्धता गरेको सुनिश्चितता पश्चात घोषणा गरीएको जानकारी गराउनु भयो ।
सोही अवसरमा नगर उपप्रमुख चौधरीले बालविवाह मुक्त घोषणा भएसंगै यहाँका अभिभावक, शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी, आमा समूह लगायत सबै समाजसेवीको जिम्मेवारी थपिएकोले यसको निरन्तरताको लागी सबैले आ–आफनो तर्फबाट यो अभियान सफल बनाउन लाग्न आग्रह गर्नुभयो ।
उक्त समारोहमा वालकल्वका पदाधिकारीहरुद्वारा बालविवाह विरुद्ध जनचेतनामुलक नाटक तथा विभिन्न मनोरंजनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए भने घोषणा समारोह शुरु हुनु अगाडि विभिन्न विद्दालयहरुले र्यालीको आयोजना गरेको थियो ।
सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक सहयोगमा संचालित सम्मुनति परीयोजना मार्फ़त नगरपालिकामा बालविवाह मुक्त अभियान संचालन भईरहेको छ । कुल ११ वडा मध्ये आजको घोषणा सहित ९ वटा वडा बालविबाह मुक्त वडा घोषणा भईसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]