०७ मंसिर २०८१, शुक्रबार
wait Please...

अनवर अलि

बुधबार, पौष ११, २०८०

काठमाडौं -प्रधानाध्यापकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेका ‘सुटर’ लाई बारा प्रहरीले गोली हानेरै नियन्त्रणमा लिएको छ।

बारामा भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले मंगलबार राती गोली प्रहर गरि नियन्त्रणमा लिएको हो।

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश स्वर्णकारको हत्यामा मुख्य सुटर रहेका सिंहलाई बारा प्रहरीले लामो समय देखि खोजी गर्दै आइरहेको थियो।

प्रहरीले चलाएको गोली सिंहको दुवै खुट्टामा लागेको र उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। सिंहको साथबाट बन्दुक र त्यसमा लाग्ने गोली समेत बरामद गरिएको उनले जनाए।

सिंह आज पनि नेपालमा कसैको हत्या गर्ने उद्देश्यले प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ। उपरीक्षक काफ्ले भन्छन् ‘प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर थप घटना हुनबाट बचायौँ।’

भारतको बिहार मोतिहारी जिल्ला तिनकोनी निवास सिंहले हतियार सहित नेपाल प्रवेश गरेको सूचना पाएको प्रहरीले सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले पक्राउ गर्ने थाहा पाएर सिंह भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वा भन्दा दक्षिण नहर भन्ने स्थानबाट खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

कात्तिक १३ गते सोमबारको दिन पौने १ बजे स्वर्णकारको कलैयाको मदार्सा टोलमा अज्ञात आपराधिक समूहले गोली हानी हत्या गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]