दोल्खा – दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित बजिनी खोलामा किशोर मृत फेला परेका छन् ।
सोही गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारीको शव टुक्राटुक्रा भएको अवस्थामा भेटिएको दोलखा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार शरीर टुक्राटुक्रा भएकाले उनको कसैले हत्या गरेर फालेको हुन सक्ने उल्लेख गरे ।
प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।