०७ मंसिर २०८१, शुक्रबार
wait Please...

अनवर अलि

बिहिबार, पौष १९, २०८०

रौतहट -रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिकबाट प्रहरीको टोलीले एक हजार दरको नोट थान १८४३ अर्थात् १८ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो ।
गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ वर्षका सन्दिप यादवलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् । पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको गिरीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]