राजबिराज – सप्तरी जिल्ला महादेवा गाउपालिका वार्ड नं १ चिम्टीमा मिति २०८१/०१/१८ गते लागेकाे आगलागी काे कारण घरवार जलि पिडित भएका ४६ घर परिवारलाइ जिल्ला प्रशासन कार्यालय मार्फत आज नगद राहत वितरण गरेकाे छ ।
उक्त कार्यक्रम महादेवा गाउपालिका वार्ड नं १ काे कार्यालयमा महादेवा गाउपालिका अध्यक्ष अरुण मण्डल , प्रमुख जिल्ला अधिकारी किरण थापा,प्रमुख सेनानी रमेश पाण्डे,प्रहरी उपरिक्षक गजु सिद्धि वज्राचार्य ,शसस्त्र प्रहरी उपरिक्षक धन वहादुर सिंह र राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र काेइराला वार्ड अध्यक्ष जय किशाेर दास र वार्ड सद्स्य कमल पर्सेया सप्तरीयुथका का वा अध्यक्ष माेहन यादव लगायत स्थानीयकाे उपस्थिति रहेकाे थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे तर्फवाट नगद राहत स्वरुप परिवार संख्या हेरि ५ जना सम्मलाइ रू १५००० र साे भन्दा बढी सदष्य रहेका लाइ रू २०००० का दरले वितरण गरेको छ ।
नागरिकता ,घर यकिन र मतदाता विवरण लगायत तथ्यगत विवरण संकलनमा केहि समय लागेकाेले नगद राहत वितरण केहि ढिलाे भएकाे देखिएतापनि, पुनर्स्थापना र तत्कालकाे केहि व्यवस्थापनमै समय लागेकाेले नगद वितरण आज गर्नु परेकाेछ प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।
१९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारकाे दरले जम्मा ७८५००० नगद वितरण गरिएकाे छ।