२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १८, २०८१

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेको छ। कांग्रेस र एमालेबीच रातारात सत्ता सहकार्यको सहमति भएकोप्रति टिप्पणी गर्दै सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले यसलाई तानाशाही प्रवृत्ति र चरम अवसरवादको संज्ञा दिएका हुन्।

नेकपा एस दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ। महाधिवेशनस्थलबाटै नेता खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो।’

नेकपा समाजवादीले यसलाई लोकतन्त्रका निम्ति पनि खतराका रूपमा औल्याएको छ। नेता खतिवडाले संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा पनि अमान्य रहेको बताए।

‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणाली कमजोर पार्ने काम भएको छ’, उनले भने, ‘सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्य छैन। यो अधिकार अमुक दललाई छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com