डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९का वडा अध्यक्ष कर्ण देब चौधरीले सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाएको राजस्व हिनामिना गरेको छ ।
अध्यक्ष चौधरीले २०७५्०७६ मा ऐन विपरित वडाको १८ वटा सर्वजानिक पोखरी ठेक्कामा लगाए करिव १४ लाख ५० हजार राजस्व उठाएर नगरपालिकाको खतामा ४ लाख ५० हजार बुझाएर बाकी रकम हिनामिना गरेको स्रोतको दावि छ ।
रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजानिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकालाई श्रावण ३ गते पत्रचार गर्दै ठेक्कामा संग्लन व्यक्तिहरुलाई श्रवण ९ गते बयानका लागि उपस्थित गराउन भनेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाक्नेश्वरी –९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नरायण मेहता , रामदेब साह , हरेराम साह , राम नारायण साह , रामसुन्दर यादव र नेपाली यादवलाई बयानका लागि वोलाएका थिए ।
सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत पहिलो वर्षको रकम १४ लाख ५० हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष चौधरीले आफैंसँग राखेको पोखरी ठेक्का बोलकबोल गर्ने व्यक्तिहरुको प्रतिक्रियावाट बुझिएको छ ।
अख्तियारमा उजुरी परेपछि ठेक्केदारलाई राजस्व फिर्तासार्वजानिक पोखरी ठेक्काको राजस्व रकम हिनामिना सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपिछ नियम विपरित पोखरी ठेक्का लिने व्यक्तिहरुलाई राजस्व रकम फिर्ता गरेको छ । ठेक्का बोलकबोल गरी राजस्वका लागि अध्यक्ष चौधरीलाई बुझाएको पैसा पुनः ठेक्केदारलाईनै फिर्ता दिएको छ । पोखरीका ठेक्केदार सामदेब साहले अध्यक्षलाई बुझाएको राजस्व वापतको पैसा फिर्ता लिएर वडा कार्यालयमा भरपाई गरिदिएको बताए ।
बयानका लागि वोलाएका ६ जना मध्ये ५ जनाले कानून विपरित राजस्वका लागि जम्मा गर्न दिएको पैसा फिर्ता लिएको वडाका एक कर्मचारीले बताए । एक जना ठेक्केदारको मृत्यु भएका कारण उनको पैसा वडा अध्यक्ष संगै रहेको समेत उनले प्रतिक्रिया दिए ।
उजुरी परेको ५ वर्ष पछि अनुसन्धानअख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पोखरी ठेक्काको राजस्व रकम हिनामिना भएको उजुरी २०७६ साल भदौं ५ गते भएपनि ५ वर्ष पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि डाक्नेश्वरी नगपालिका संग २०७६ सालमा पोखरी ठक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाको सम्पुर्ण कागजातहरु माग गरेको प्रमूख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्णले बताए ।
अध्यक्ष चौधरी विरुद्ध रकम हिनामिन गरेको करिव एक दर्जन उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परेको छ । जसको अनुसन्धान भईरहेको छ । अध्यक्ष चौधरी डाक्नेश्।री नगरपालिका वडा नम्बर–९ मा नेकपा एमाले वाट दोस्रोपटक जितेको छ । उनको विरुद्धमा वडा कार्यालय वाट विभिन्न शिर्षकमा करिव ६० लाख रुपैयाको दुरुपयोग गरेको अख्तियारमा उजुरी परेको छ ।