०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०५, २०८१

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदी २३ अगस्टमा युक्रेन जानेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदी २१अगस्टमा पोल्याण्ड जाने छ भन्ने २३ अगस्टमा युक्रेन जानेछन्।

मोदीको भ्रमणलाई लिएर पोल्याण्डबाट पनि प्रतिक्रिया आएको छ। युरोपेली संसदका सदस्य डारियस जोन्स्कीले प्रधानमन्त्री मोदीको पोल्याण्ड भ्रमण राजनीति र व्यापारको दृष्टिकोणले हाम्रा लागि महत्वपूर्ण रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री ४५ वर्षपछि पोल्याण्ड भ्रमणमा जान लागेका हुन्।पीएम मोदीको भ्रमण अघि, पोल्याण्डको लोज शहरका गभर्नर डोरोटा रियलले भने, ‘पोल्याण्डले भारतलाई व्यापारको हिसावले ठूलो साझेदार मान्छ।’

भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको औपचारिक भ्रमणमा जाने जानकारी दिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन्। भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।

युक्रेनले रुसका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ। बीबीसी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]