०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०५, २०८१

काठमाडौं – गाई जात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रामा देशका शीर्ष नेतालाई रावणको रूपमा चित्रण गर्ने गरी प्रदर्शनी गरिएको छ ।

बुधबार काठमाडौंको बौद्धमा आयोजित रोपाइँ जात्रामा दलका शीर्ष नेताको फोटो राखेर व्यंग्य गरिएको हो । कालो वस्त्र धारण गरेकी एक स्कूले विद्यार्थीले रावणको दशानन अवतारमा नेताको फोटो प्रदर्शन गरेकी हुन् । १० वटा टाउको भएकाले रावणलाई ‘दशानन’ भनिने धार्मिक ग्रन्थमा उल्लेख छ ।

१० टाउकोमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले सचिव योगेश भट्टराई, पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस महामन्त्री गगन थापाको फोटो राखिएको छ ।

यस्तै, परराष्ट्र मन्त्री आरजु देउवा, रास्वपा सभापति रवि लामिछाने, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो टाउकोका राखिएको छ । बौद्धमा आयोजित कार्यक्रममा काठमाडौंका मेयर बालेन शाह प्रमुख अतिथि थिए ।

यसअघि मंगलबार भक्तपुरमा पनि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवालाई व्यंग्य गर्दै प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]