०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको विशेष संसदीय समितिमा उपस्थित भएका छन् ।

गोर्खा मिडिया नेटवर्क प्रा.लि. को तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा उनलाई बयानको लागि बोलाइएको थियो । उनीसँग अहिले समितिले गोर्खा मिडिया जोडिएको विभिन्न सहकारीको सम्बन्धमा सोधपुछ गरिरहेको छ ।

राजनीतिमा लाग्नुअघि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।

तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै समितिले सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]