काठमाडौँ – ओली सरकार भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै विभिन्न युवा अभियान्तारूले शनिबार बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागी हुन आम जनतालाईसमेत आह्वान गरेका छन् ।
अभियन्ताहरू डा.निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, बिजय कँडेल, सोम शर्मा, समीरा पोखरेल, अर्जुन पौडेल, खेमराज साउदले ओली-देउवा गठबन्धनले भ्रष्टचारी बचाउन गरेको तिगडमविरूद्ध बालुवाटार घेराउन गर्न लागेको बताएका छन् ।
वक्ताहरूले बिहीबार राति ३ बजे सन्तोष राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफू, आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन ओली सरकार षडयन्त्रका तानाबाना बुनिरहेको उनीहरूले आरोप लगाएका छन् ।
उनीहरूले ललिता निवास, भूटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।