०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र १०, २०८१

काठमाडौँ – ‘मिस्टर नेपाल २०२४’को उपाधि सन्तोष लोक्समले जितेका छन् । शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित कार्यक्रममा झापाका सन्तोषले प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेका हुन् ।

उनले अब आगामी नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालका प्रतिनिधित्व गर्नेछन् । विजेता सन्तोषले उपाधिसँगै ५ लाख बराबरको विभिन्न पुरस्कार समेत जितेका छन् । यस्तै, प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल’को रुपमा छानिए ।

उनले, आगामी अक्टुबरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै, काठमाडौंका आयुष दुलाल ‘म्यान अफ द वर्ल्ड नेपाल’ चयन भए ।

योगेश र आयुषले ३ लाख बराबरको उपहार प्राप्त गरे । प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट रनरअप र हेटौडाका आयुष बमजन सेकेन्ड रनरअप हुन सफल भए । नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, सांकृतिक पृष्ठभूमि र आत्मविश्वाससँग यो प्रतियोगिता जोडिएको छ । प्रतियोगितामा देशभरका ३८ जना युवाहरूको सहभागिता थियो ।

कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्रकारको कोरियोग्राफी रहेको प्रतियोगितामा राजभाई सुवाल, टीकाराम वुढाथोकी, नीति शाह, माल्भिका सुब्बा, नम्रता श्रेष्ठ, डाक्टर रुपक घिमिरे, सन्दिप पोखरेल निर्णायकको रुपमा थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]