बर्दिया – भारतबाट भन्सार छलेर ल्याइएको ५ लाख ३३ हजार बढी मूल्यको इन्जिन आयल (मोबिल) बरामद भएको छ ।
बढैयाताल गाउँपालिका–८ स्याउली बजारका ४६ वर्षीय बसन्त सिंह ठकुरीको कोही नबस्ने घरबाट सर्भो ४ टि २० डब्लु बि ५६ कोम्पलिएन्ट नाम गरेको ६ सय लिटरभन्दा बढी मोबिल बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार मोबिल १ लिटर भएको ४ सय ५५ बट्टा र बजाज डिटिएस लेखेको डेढ लिटरको मोबिल १ सय ९४ बट्टा फेला पारिएको छ ।
बरामद गरिएको सामान भारतीय सीमा बजारबाट ल्याइएको अनुमान प्रहरीको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा बुझाइएको छ ।