०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १३, २०८१

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने आजको बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अग्रवालको गत साउन २१ गते निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको समानुपातिक सांसद थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]