०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १३, २०८१

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै १३३ जनाको ए ग्रेड आएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो ।

जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए । तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत बोर्डमा सम्पर्क गर्न भनेको छ । पुनर्योगको नतिजामा समेत चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने विद्यार्थीले कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन भएपश्चात् १५ दिनभित्रमा तोकिएको शुल्क बुझाई निवेदन दिनुपर्नेछ । त्यसका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।

बोर्डले चिकित्सा शिक्षा आयोगबाट प्राप्त भएको विवरण अनुसार चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी भएका एवं पुनर्योगको निवेदन दिने अन्तिम दिन (भदौ २ गतेसम्म निवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा प्रकाशन भइसकेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]