काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको आजदेखि लागु हुने निगमले जनाएको छ ।
त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।