काठमाडौं – नेपाल प्रहरीका डिआइजी यज्ञविनोद पोखरेलमाथि विस्तृत छानविन अघि बढेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छँदा खातामा स्रोत नखुलेको रकम कारोबार गरेको खुलेपछि उनी छानबिनमा तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले अहिले उनीमाथि विस्तृत छानबिन गरिरहेको छ । उनका १० जना घुमुवामाथि पनि प्रधान कार्यालयले सोधपुछ गरिरहेको छ ।
यसैबीच, उनको खातामा पैसा हाल्ने जनकपुरका जितेन्द्र कर्ण पक्राउ परेका छन् ।