०४ आश्विन २०८१, शुक्रबार
wait Please...

अनवर अलि

सोमबार, भाद्र १७, २०८१

राजविराज सप्तरी – रिलायवल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सातौँ वार्षिक उत्सव को अवसर पारेर देशभरि विभिन्न क्रियाकलापहरु गरी वार्षिक उत्सव मनाइरहेको छ।

रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड स्थापना भएको सात वर्ष पुगेको छ। रिलायवल लाइफ इन्सुरेन्स कम्पनी नयाँ भएतापनि पुराना कम्पनीहरूको प्रतिस्पर्धिमा पर्ने गरेको छ। यो इन्सुरेन्स कम्पनी चारैतिरबाट सबल रहेको छ।

रिलायबल नेपाल लाइफ इन्सुरेन्स राजविराज सप्तरी शाखाले पनि आज भव्य रूपमा वार्षिक उत्सव मनाइरहेको छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स सप्तरी शाखा मधेस प्रदेशमा सबैभन्दा बढी इन्स्योरेन्स पोलिसी बेच्ने जिल्लामध्ये एक हो। सप्तरी शाखा गत आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा प्रथम स्थान बनाउन सफल भएको थियो।

सातौँ वार्षिक उत्सवको अवसर पारेर आज सप्तरीको मावि पन्सेरा खडक नगरपालिका ४ मा वृक्षारोपण र शैक्षिक सामग्रीहरू वितरण गरेको छ। यस कार्यक्रमलाई सफल बनाउनका लागि पन्सेरा माविका प्रधानाध्यापक दारा सिंह चौधरी , शिक्षक शिक्षिका ,छात्र छात्रालाई यस इन्सुरेन्स सप्तरी शाखाका शाखा प्रबन्धक पवनकुमार शाहले धन्यवाद व्यत्त गरेका थिए। यस कार्यक्रममा सप्तरी शाखाका अन्डरराइटिङ्ग बालकृष्ण मण्डल, वरिष्ठ एजेन्सी म्यानेजर अनवर अली र खडक नगरपालिकाका सम्पूर्ण एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]