१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १८, २०८१

काठमाडौं – भदौ १८ गते । डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको हो ।

पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। देशका ७५ जिल्लामा गरी ६ हजार ८३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । इडिसिडीको तथ्याङ्कअनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, चितवनमा ५३३, काठमाडौँमा ५५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ स्याङ्जामा ११५ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ। प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३, गण्डकी प्रदेशमा तीन हजार २२९, कोशी प्रदेशमा ८१५, लुम्बिनी प्रदेशमा ४७४, सुदूरपश्चिम प्रदेशमा ३७९, मधेश प्रदेशमा १०६ जनामा डेंगु पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा. चालिसेका अनुसार एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।

डेंगुबाट बच्ने उपाय पानी जम्मा गरेर राखिएको पानीको ट्याङ्की, ड्रम, बाल्टीमा लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न डा. दाहालका आग्रह छ। पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्न डा. दाहालले सुझाव दिनुभयो ।

घर, कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न उहाँले अनुरोध गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]