०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १८, २०८१

काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाको दिन समेत ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने निर्णयका विषयमा विज्ञप्ति निकाल्दै यस्तो बताएको हो ।

उक्त निर्णयको समन्वय, प्रचारप्रसार र अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। नेपालमा २०४८ सालदेखि सरकारी अस्पतालहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधाहरु ज्यादै न्युन रहेकोतर्फ एनएमएले ध्यानाकर्षण गराएको छ।

‘अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि ( काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ । कम दरबन्दी तथा ज्यादै न्यून सुविधामा समेत २०७२ सालको भूकम्प तथा कोभिड १९ महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा राखी अनवरत रूपमा अहोरात्र सेवामा खटेको कुरा सबैलाई अवगत छ,’ विज्ञप्तिमा भनिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पनि मानव नै भएकाले अन्य पेशाकर्मीहरुलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको नबिर्सिन भनिएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आराम गर्नको लागि हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको उल्लेख गरिएको छ ।

‘स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,’ भनिएको छ।

कामको अत्याधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा डिभोर्ससम्म हुने गरेको बताइएको छ। कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरु उत्पन्न भई आत्महत्या समेत देखा परिरहेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि ठूलो अन्याय भएको संघको ठहर छ।

स्वास्थ्यकर्मीहरुलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नको लागि बिदा अपरिहार्य रहेको बताइएको छ। ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरुमा समेत बहिरंग सेवा संचालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौं,’ महासचिव डा सन्जिब तिवारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]