पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले ३ करोडभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२५ मा लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको मालबाहक ट्रकमा ३ करोड ९३ लाख ८८ हजारभन्दा बढी मूल्य बराबरको कम्प्युटर माउस र मदिराजन्य पदार्थ काठमाडौँ लैजाने तयारी भइरहेको बेला प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।