राजबिराज सप्तरी – सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मक्रान्तिको नेतृत्वमा प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य, सशस्त्र प्रहरीका उपरीक्षक संयुक्त रूपमा राजविराजका विभिन्न सडकहरूको अनुगमन गरेको छ।
राजविराज सप्तरीका विभिन्न सडकहरू पूर्णरूपले जीर्ण अवस्थामा छ। यहाँका स्थानीयवासीहरूलाई आवतजावत गर्न निकै नै गाह्रो भएको छ स्थानीय बासिन्दाहरूले बताउँछन्। यस सडकहरूलाई मर्मत गर्नका लागि बेलाबेलामा स्थानीयवासीहरूले जिल्ला प्रमुख अधिकारीलाई ध्यानाकर्षण गराउँदै आएका थिए। धेरै नै जनगुनासो आएपछि जिल्ला प्रमुख अधिकारीले आज संयुक्त रुपमा अनुगमन गरेको छ।
अनुगमनको क्रममा हनुमान मन्दिर , सडकका खाल्टाखुल्टी तथा अन्य संरचनागत समस्याहरूलाई तत्काल मर्मत गर्ने उद्देश्यले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको छ।
यसले स्थानीय विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने र जनताको समस्या समाधानमा प्रभावकारी योगदान पुग्नेछ। स्थानीय सुरक्षा निकायहरूको समर्पण र सहकार्यले विकास निर्माणको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ र सम्पूर्ण खाल्टाखुल्टीहरू चाँडै नै मर्मत हुने प्रमुख जिल्ला अधिकारीले बताए ।