०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

वीरगन्ज – अवैध रूपमा नेपाल प्रवेश गरेका एक बंगलादेशी नागरिकलाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल प्रवेश गरी वीरगन्जको एक होटलमा लुकीछिपी बसेका २९ वर्षीय बंगलादेशी युवकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका-१६ नयाँ बसपार्कस्थित आर्यन होटल एण्ड लजमा बसेका बंगलादेशको सिलेट हेविगन्ज घर भएका २९ वर्षीय महमद सहादत हुसेनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

आउँदो चाडर्पवलाई लक्षित गरी वीरगन्जका होटल र लजहरूमा चेकजाँच गर्ने क्रममा आर्यन होटल एण्ड लजमा बसेका हुसेनलाई नियन्त्रणमा लिइएको उनले बताए।

हुसेनसँग पासपोर्ट, भिसा लगायतका आवश्यक कागजात नभेटिएकाले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बिहीबार अध्यागमन कार्यालय वीरगन्जमा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]