०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २७, २०८१

काठमाडौँ – कल सेन्टरको आवरणमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा नेपाल प्रहरीले तीन विदेशी नागरिकसहित आठ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार साँझ ५० जनालाई नियन्त्रणमा लिएको थियो । स्क्रिनिङका क्रममा आठ जनाको प्रत्यक्ष संलग्नता भेटिएपछि उनीहरूविरुद्ध प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक डिङ जिआहोङ, लिन क्विजिङ, फिलिपिन्सका नागरिक हानिपा सिन्सुआत र नेपाली नागरिकहरू रौतहटका कमल कडेँल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी र नवलपरासीको बर्दघाटका सुदीप अधिकारी छन् ।

यो समूहले ललितपुरको एकान्तकुनामा जगदीश उपाध्यायको तीनतले घर भाडामा लिएर कल सेन्टर चलाएकाे थियाे । यो समूहले हिङ्गी, बुम्ब्ली, मुस्लिमा, इन्साह, सलाम, मुज्ज, ओपिक्वीड र अल्खाट्वा लगायतका डेटिङ एपमा विदेशी महिलाको फोटो राखेर विदेशी नागरिकलाई साथी बनाई अनलाइन प्ल्याटफर्म ह्यासप्याकमार्फत क्रिप्टोको काम गरिरहेको सीआईबीको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका यी आठ जना यसअघि पनि संयुक्त अरब इमिरेट्स (यूएई)मा क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ परेर स्वदेश फिर्ता भएका थिए । पछि चिनियाँ र फिलिपिनी नेपाल आएर नेपाली नागरिहरूसँग पुनः पहुँच बनाइ क्रिप्टोका काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता एसपी बोगटीले बताए ।

पक्राउ परेकामध्ये चिनियाँ नागरिक जिआहोङ र क्विजिङ सञ्चालक हुन् । फिलिपिनी नागरिक सिन्सुआत ग्रुप लिडर तथा भाषा अनुवादक रहेको सीआईबीको अनुसन्धानले देखाएको छ । नवलपरासीका सुदीप अधिकारीले भने घर भाडा लिँदा सम्झौता गर्ने दोस्रो पक्षमा हस्ताक्षर गरेको प्रहरीले जनाएको छ ।

सीआईबीले यो गिरोहबाट ५५ थान कम्युटर, १९४ वटा मोबाइल, चार–चार वटा ल्यापटप र विदेशी राहदानी तथा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]