काठमाडौँ – नेपाललाई हिन्दु राज्य पुनः स्थापना गर्ने मागसहित विश्व हिन्दु महासङ्घले र्याली निकालेको छ । काठमाडौंमा शुक्रबार महासङ्घले र्याली निकालेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार माइतीघर मण्डलाबाट र्याली निकालिएको हो ।
देशमा धर्मान्तर एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्याली गरिएको र्यालीमा उपस्थितहरूले बताएका छन् ।