जनकपुर – जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
यसअघि साहले भण्डारीलाई संघको वरिष्ठ उपाध्यक्ष पदमा पराजित गरेका थिए । निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ६ सय ४४ मत ल्याउँदा साहले १ हजार ५ सय ७२ मत पाए ।
अध्यक्ष पदमै उम्मेदवारी दिएका जितेन्द्रप्रसाद साहले २ सय ९३ मत पाए । ४ हजार ७६ मतदाता रहेको संघको निर्वाचनमा ३ हजार ५ सय ७४ जनाले मतदान गरेका थिए ।
त्यसैगरी महिला उपाध्यक्षमा रिंकु शाह निर्वाचित भएकी छन् ।