०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ३०, २०८१

काठमाडौं – सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

यसअघि आइतबार नै आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनाव मंसिर १६ मा गर्न सुझाएका हुन् ।

स्थानीय तहमा तीन पालिका प्रमुखसहित ३९ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ ।

यस्तै दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त रहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]