०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ३१, २०८१

काठमाडौँ – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्।

सदस्यता शुद्धीकरण विषय पेचिलो बन्दै गएपछि विवाद उत्कर्षमा पुगेपछि महासंघले असोज १२ गते घोषणा गरेको निर्वाचन अनिश्चित भएको छ । महासंघ जिल्ला शाखाको सिफारिस तथा प्रदेश समितिले अनुमोदन गरेर पठाएको सदस्य केन्द्रले अभिलेखिकरण गर्नुपर्ने बैधानिक व्यवस्था विपरीत केन्द्रीय नेतृत्वले मनपर्दी ढंगले हटाउने र थप्ने कार्य गरेको जिल्ला शाखा अध्यक्षहरुको आरोप छ ।

मतदाता नामावलीमा मुख्य निर्वाचन अधिकृतको हस्ताक्षर हुनुपर्नेमा सामान्य सिधाान्तलाई समेत ख्यालै नगरी अध्यक्ष र महासचिबले हस्ताक्षर गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । विधान र विधि अनुसार सदस्यता कायम राखी, सदस्यता विवादलाई सहमतिको आधार टुंगो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन जिल्ला अध्यक्षहरुले माग राखेको छ ।

जिल्ला शाखाले राखेको जायज मागलाई बेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाए बहिष्कार गर्ने र कानुनी उपचार खोज्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । महासंघ जिल्ला शाखा अध्यक्षहरुले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दे नेतृत्व विधान विपरीत अगाडि बढेको ठहर गर्दै यथास्थितिमा चुनाव गराउन नसक्ने धारणा सार्वजनिक गरेका थिए ।

केन्द्रीय कार्यालयमा तालाबन्दीमा समर्थन जनाउन ५२ जिल्ला शाखाका अध्यक्षहरु सहभागीता रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]