०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

विराटनगर – विराटनगरको बाटो भएर भारतको जोगवनीतिर जाँदै गरेको एउटा स्कोरपिओ गाडीभित्र करिब डेढ क्वीन्टल गाँजा फेला परेको छ। विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट को २ च ७५९ नम्बरको स्कोरपिओलाई प्रहरीले सोमबार राति ८:४५ बजेतिर नियन्त्रणमा लिएको थियो। स्कोरपिओभित्र १ सय ४६ किलो गाँजा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको साइडमा ६ वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जानकारी उनले दिए। प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो।

नियन्त्रणमा लिने क्रममा स्कोरपिओले प्रहरीलाई ठक्कर दिएको छ। स्कोरपिओको ठक्करबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री सामान्य घाइते भएको डीएसपी बस्नेतले बताए। खत्रीलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।

स्कोरपिओमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोली खटिएको थियो। स्कोरपिओभित्र गाँजा फेला परेपछि २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

डीएसपी बस्नेतका अनुसार गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको हो। उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो। कार चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियार पक्राउ परेका थिए। गाँजा लिएर जोगवनीतिर जाँदै गरेको कार प्रहरीले नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]