०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

काठमाडौँ – भारतले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेको छ ।

राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा दुई मुलुकका सेनाबीच अभ्यास भइरहेको छ । ‘युद्ध अभ्यास’ नाम दिइएको सैन्य अभ्यासमा अमेरिकी सेनाका तर्फबाट ११ औँ एअरबोन डिभिजनका सैनिक सहभागी छन् ।

त्यसैगरी, भारतीय सेनाको तर्फबाट राजपुत रेजिमेन्टका ६ सय सैनिक अभ्यासमा सहभागी रहेको इण्डियाब्लुम्सले जनाएको छ । अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले सैन्य क्षमता तथा उपकरण प्रयोगको प्रशिक्षण लिने जनाइएको छ ।

दुई मुलुकबीच सन् २००४ देखि युद्ध अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त राष्ट्रसंघ बडापत्रको सातौँ परिच्छेद अनुसार दुबै मुलुकले सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

यो अभ्यासका क्रममा दुबै मुलुकका सैनिकले अर्धमरुभूमि क्षेत्रमा हुने कारवाहीबारे प्रशिक्षण प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]