नेपालगन्ज – असोज ३ गते नेपालगन्जमा १० किमी रात्रि दौड आयोजना गरिने भएको छ।
धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’को सुरुवात रात्रि दौडबाट गरिँदै छ।
पहिलो पटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावकलाई मात्र सहभागी गराइने आयोजकको तयारी छ। पुरुष, महिला र भेट्रानतर्फ प्रतिस्पर्धा गराइने छ।
१० किमी रात्रि दौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइने छ। पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गर्ने नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।
भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राखिएको छ।