०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०१, २०८१

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर जाँदा पक्राउ परेका १४ जनालाई प्रहरीले छोडेको छ।

आज दिउँसो बालेनको टिसर्ट लगाउनेहरूको ब्यबहार शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको थियो। त्यसक्रममा सुरूमा १३ जना पक्राउ गरेको प्रहरीले पछि १ जना थप पक्राउ गरी १४ जनालाई प्रहरी वृत्त जनसेवामा राखेको थियो।

उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो। यता, प्रहरीले भने स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी गरेको छ। बसन्तपुर क्षेत्रमा भएको इन्द्रजात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल लगायतको उपस्थित रह्यो। मेयर बालेन भने जात्रामा उपस्थित थिएनन्। उनी भारतमा रहेकाले उपस्थित नभएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]