०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०४, २०८१

काठमाडौं – ठूलो मात्रामा नियन्त्रित लागु औषध तथा मनोद्धिपक पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । अपरेशन अल्ट्राजस् नाम दिएर ब्यूरोको टालीले चलाएको मनोद्धिप पदार्थको अनुसन्धानको क्रममा ६ जनालाई ब्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–५ घर भएका ३० वर्षीय श्रीबहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका–१ का २२ वर्षीय विपिनकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–१ कि ३२ वर्षीया सम्झना रोक्का, पर्वतको महाशिला गाउँपालिका–५ का २७ वर्षीय बालकृष्ण अधिकारी, बाराको परवानीपुर गाउँपालिका–३ का ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौं महानगरपालिका–१५ डल्लुका ५१ वर्षीय मोहन श्रेष्ठ छन् ।उनीहरुबाट १ लाख ८० हजार ४३० क्याप्सुल ट्रामाडोल बरामद गरिएको ब्यूरोको एसएसपी दीनेश आचार्यले बताए ।

१८ भदौमा श्रीबहादुरलाई ९ सय क्याप्सुल ट्रामाडोलसहित ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती करिडोरबाट पक्राउ गरेको थियो । पछि उनको कोठा खानतलासी गर्दा थप ३३ हजार ६ सय क्याप्सुल ट्रामाडोल बरामद भएको थियो ।

यसको भोलिपल्ट १९ भदौमा विपिनकुमारलाई ब्यूरोको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६ बाबाचोकबाट ५३ हजार ९ सय क्याप्सुल ट्रामाडोल र निट्राजेपा ८९२ ट्याब्लेटसहित पक्राउ गरेको थियो ।

त्यसैगरी ३१ भदौमा बालकृष्णलाई नयाँ बसपार्क क्षेत्रबाट ९ सय क्याप्सुल ट्रामाडोलसहित प्रहरीले पक्राउ गरेको थियो ।

उनले उक्त ट्रामाडोल सम्झना रोक्काबाट खरिद गरेको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि सम्झनालाई टोखा नगरपालिका–९स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । उनको घर खानतलासी गर्दा ८३ हजार क्याम्पुल ट्रामाडोल र नगद २ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

उनले बारा घर भएका एक व्यक्तिमार्फत ट्रामाडोल खरिद गरेर बेच्ने गरेको बताएकी छिन् । ती व्यक्ति अहिले फरार रहेको प्रहरीले उनको विवरण सार्वजनिक गरेको छैन । २ असोजमा मात्रै प्रदिपलाई टोखा नगरपालिका–१० बाटै ब्यूरोको टोलीले ३० क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरेको थियो । उनलाई सहयोग गरेको आरोपमा मोहन पनि पक्राउ परेका थिए ।विगत चार वर्षदेखि उनीहरुले लागु औषध बेच्दै आएको प्रहरीको भनाइ छ ।

७ जेठमा राजपत्रमा सूचना निकाल्दै ट्रामाडोल र टपेन्डोललाई मनिद्धिपक पदार्थको रुपमा तोक्दै बिना अनुमति बेचबेबिखनमा रोक लगाइएको थियो । पक्राउ परेकाहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।d

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]