जनकपुरधाम – धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ ।
धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरे पनि साँझसम्म फेला परेकी थिइनन् । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।