सल्यान – सल्यानमा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । मंगलबार बेलुकी परेको चटयारू लागेर कपुरकोट गाउँपालिका–५ जामुनेकी २५ वर्षीया मीनाकुमारी पुन घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरबाहिर बसेका बेला पुनलाई चट्याङ लागेको थियो । आधारभूत अस्पताल कपुरकोटमा उनको उपचार भइरहेको छ ।