०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ११, २०८१

सप्तरी – शुक्रबार देश भरि नै सबैभन्दा बढी वर्षा भएको छ। त्यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको केचना केन्द्रमा २३० मिलिमिटर वर्ष भएको छ।

शुक्रबार विहान ८:४५ बजे मापन गरिएका २२२ केन्द्रमध्ये झापाको केचना केन्द्रमा अत्याधिक वर्षा भएको हो। विभागका अनुसार ७१ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने १७ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको मापन गरिएको छ।

१०० मिलिमिटर बढी मापन गरिएका जिल्लामा इलाम, सिरहा, कञ्चनपुर, कैलाली, मोरङ, सप्तरी र उदयपुर रहेका छन्। त्यस्तै रौतहट, तनहुँ, सुनसरी, अर्घाखाँची, नवलपरासी, धनुषा, सर्लाही, गुल्मी, महोत्तरी, चितवन, पाल्पा, रुपन्देही, धनकुटा, पर्वत, मकवानपुर, पर्सा, स्याङ्जा र पाँचथरमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

मनसुन सक्रिय भएकाले देशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ। अत्यधिक वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गर्ने चेतावनीसमेत दिइएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी, बागमती, पश्चिम राप्ति, बबईमा बाढीले शनिबार खतरा तह पार गर्ने चेतावनी दिएको हो।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषतः नारायणीको देवघाट, बागमतीको पधेरादोभान, पश्चिम राप्तिको कुसुम र बबईको चेपाङमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै सप्तरीको खाडो खोला ,महुली खोला ,त्रियुगा खोला , कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमा शुक्रबार सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले खतरा तह पार गर्नसक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]