मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि नाईट गाडी चलाउन नपाइने भएको छ।
विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
निरन्तर पानी परिरहेकोले सो निर्णय गरिएको उनले बताए।
यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए।