सप्तरी – सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ।
हाल ५६ वटा ढोका खुला गरिएको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० क्यूसेक मापन गरिएको छ। कन्ट्रोल रुमका अनुसार हाल सुरक्षालाई ध्यानमा राखेर ब्यारेजबाट हुने सवारी आवागमन रोकिएको छ।