०६ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १३, २०८१

काठमाडाैं – एनसेलले बाढी र पहिरोको कारण उत्पन्न समस्यालाई ध्यानमा राख्दै निशूल्क डेटा दिएको छ । विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन आवश्यक पर्ने हुँदा निशूल्क दिएको एनसेलले जनाएको छ ।
भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले शनिबार असोज १२ बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको जानकारी दिएको हो। निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने जनाएको छ ।

नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको एनसेदलले जनाएको छ । १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]