०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १३, २०८१

काठमाडौं – सरकारले देशभरका शैक्षिक संस्थामा आइतबारदेखि तीन दिन बिदा दिएको छ। देशभर वर्षासँगै बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले शनिबार नै विद्यालय बन्दको निर्णय गरेको थियो।

यता विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आजको परीक्षा पनि अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित भएको छ। विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी सम्पूर्ण विश्वविद्यालयको परीक्षा एक साताकै लागि स्थगित गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श गरेको थियो तर एक सातासम्म परीक्षा पर लैजाँदा शैक्षिक पात्रो नियमित गर्न अप्ठ्यारो पर्ने राय विश्वविद्यालयका पदाधिकारीबाट अनुकुलताका आधारमा परीक्षा सञ्चालनको तयारी भएको छ।

हाल विश्वविद्यालयमा स्नातक तथा स्नताकोत्तर तहका परीक्षा सञ्चालन भइरहेका छन्। यस्तै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ । शुक्रबार साँझदेखिको झरी र बाढीका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुबेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]