०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १३, २०८१

लुम्बिनी – बुटवलबाट काठमाडौँ जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको गाडीमा सवार ९ जना यात्रुको परिचय खुलेको छ। शुक्रबार बिहान बुटवलबाट काठमाडौँतर्फ गएको लु १ ज ४५७८ नम्बरको विंगर जिपसँगै १४ जना यात्रु पुरिएका हुन्।

यसमध्ये ९ जनाको नाम खुलेको छ। विंगर गाडीका चालक रमेश लुइटेल, स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्यायनरत १५ वर्षका दीपेश र दीपिका भट्टराई तथा उनीहरूकी आमा सीता भट्टराईको नाम खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमध्ये सीता भट्टराई र दीपेश भट्टराईको सनाखत भई सकेको छ। त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार मृतकको पहिचान खुल्न नसकेको र उनीहरूको शव गए राति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

गाडीमा हराइरहेकाका आफन्त सम्पर्कमा आउने क्रममा रहेको छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन्।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान उक्त जिपमा काठमाडौँ जानका लागि बुटवलको टाफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ।

तीमध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ। गाडी शुक्रबार साँझ पुरिएको भए पनि शनिबार साँझ मात्रै फेला परेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]