सप्तरी – प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बेल्जियनको शीर्ष डिभिजन क्लब रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहले नकआउट चरणमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटेनहमको जितमा अल्भेस मोरिस र लो सेलोले एक–एक गोल गरे । खेलको ५७ औं मिनेटमा मोरिसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । लो सेलोले ७१ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह विजेताको रुपमा टोटेनहमले १३ अंक जोड्यो । एन्टवर्प १३ अंक सहित समूहको दोस्रो स्थानमा छ ।