२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १४, २०८१

काठमाडौ – टी-२० अन्तर्राष्ट्रिय खेलमा आइतबार राती ओमानलाई ३७ रनले हराउँदै नेपालले क्यानडा भ्रमणको निराशाजनक प्रदर्शनलाई पूर्णविराम लगाएको छ।

त्रिकोणात्मक शृंखलाको यो खेलमा नेपालका लागि गुल्सन झाले अलराउन्ड प्रदर्शन गरे। एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो।

नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो।

गुल्सन र कुशल भुर्तेलबीच छैटौँ विकेटका लागि ४.३ ओभरमा ६१ रनको साझेदारी भएको थियो। ओमानलाई १९.१ ओभरमा अलआउट गर्न करण केसीले ३ तथा कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए।

रिजन ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे। गुल्सन प्लेयर अफ दी म्याच घोषित भए। यसअघि शृंखलाको पहिलो खेलमा नेपाल शनिबार राती क्यानडासँग पराजित भएको थियो।

क्यानडा भ्रमणका क्रममा नेपालले यसअघि एउटा पनि जित हात पार्न सकेको थिएन। विश्वकप लिग(२ को शृंखलामा नेपालले तीन खेल हारेको थियो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]