२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन १६, २०८१

काठमाडौँ – वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जालमा जोडिएर गोप्य तस्बिरहरू साटासाट भएकोमा पछि ती नै महिलाको चरित्र हत्या गर्ने गरी तस्बिरहरूको प्रसार गर्ने एक युवक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीबाट नेपाल फर्किदै गरेका सुर्खेतको गुर्भाकोट नगरपालिका-५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई नेपाल प्रहरीको साइबर ब्युरोले विमानस्थलबाट बुधबार पक्राउ गरेको हो ।

साइबर ब्युरोका प्रवक्ता एवम् एसपी दिपकराज अवस्थीका अनुसार ऐरीले ती महिलासँग सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत गोप्य तस्बिर साटासाट गरेको र पछि फेक आईडी बनाएर उक्त आईडीमार्फत आफन्त तथा साथीभाइलाई गोप्य तस्बिरहरू पठाएर चरित्र हत्या गरेको उजुरी परेको थियो ।

ती महिलाले ऐरीविरुद्ध २०७९ बैशाख २३ गते उजुरी दिएकी थिइन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत् रेड नोटिससमेत जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]