३० आश्विन २०८१, बुधबार
wait Please...

अनवर अलि

आइतबार, आश्विन २७, २०८१

बाँके – कोहलपुर नगरपालिका–८ बंगलाटोलको भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए । 

आइतबार बिहान पौने २ बजेतिर विभत्स रुपमा हत्या गरिएको टाउको बिनाको शव फेला परेको उनले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार मृतक सामान्य मजदुरी गरी जीवनयापन गर्दै आएका थिए ।

घटनास्थल नजिकै  सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले रातको समयमा कालो प्लास्टिकको झोला बोकेर हिँडिरहेको दृष्य देखिएको छ ।

प्रहरीले ती अज्ञात व्यक्तिले मृतकको काटिएको टाउको बोकेर गएको आशंकामा सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]